२०८२ भदौ ३, मङ्गलवार , १०:१७:३७ बजे

Sajhamanch
'

टप इण्ड टी–२० शृङ्खलामा नेपालले आज होबर्ट हुरिकेन्ससँग खेल्दै

मङ्गलवार, भदौ ३, २०८२

काठमाडौं । अस्ट्रेलियामा चलिरहेको टप इण्ड टी–२० शृङ्खलाको आफ्नो चौथौ खेलमा नेपाल आज होबर्ट हुरिकेन्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार पार्मस्टनमा बिहान सवा ११ बजे शुरु हुनेछ । आफ्नो तेस्रो खेलमा नेपाल हिजो मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भयो ।

त्यसअघि दोस्रो खेलमा बङ्गलादेश ‘ए’सँग र पहिलो खेलमा आयोजक टोली नर्थन टेरिटोरी स्ट्राइकसँग पराजित भएको थियो । प्रतियोगीतामा नेपालले अहिलेसम्म तीन खेलमा लगातार हार बेहोरिसकेको छ । प्रतियोगितामा ११ वटा टोली छन् । सहभागी हरेक टोलीले लिग चरणमा छ खेल खेल्नेछन् ।

प्रतियोगिताअन्तर्गत नेपालले भोलि मेलबर्न रेनेगेड्ससँग र आउँदो शुक्रवार पाकिस्तान साहिन्ससँग खेल्ने छ । अस्ट्रेलियामा टप एन्ड टी–२० शृङ्खलापछि पनि नेपालले अभ्यास खेल पनि खेल्नेछ । आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले टप एन्ड टी–२० प्रतियोगिता र अभ्यास खेल खेल्न लागेको हो ।

सम्बन्धित खबर