२०८२ भदौ २, सोमवार , ०४:२१:०३ बजे

Sajhamanch
'

पहिरोको जोखिममा छ्यालुङ लाक्टाङ गाउँ

सोमवार, भदौ २, २०८२

हिले । धनकुटाको महालक्ष्मी नगरपालिका- २, छ्यालुङ लाक्टाङ गाउँका पाँच घर पहिरोको जोखिममा परेका छन् ।

बस्तीमुनिको जमिन धाँजा फाटेर जमिन बगेपछि पछि गाउँ नै पहिरोको जोखिममा परेको हो । बस्तीमुनिको खेत, जङ्गल र अलैंचीबारीबाट सुरु भएको पहिरोले माथि रहेको बस्ती तान्ने जोखिम बढेको छ।

लगातार परेको वर्षाका कारण छ्यालुङ लाक्टाङ गाउँका १७ मध्ये ५ घर पहिरोको उच्च जोखिममा परेका हुन् । ५ घर मध्ये देबेन्द्र कट्वाल र केशर कट्वालले बसोवासनै छाडिसकेको वडाध्यक्ष पदम रखाल मगरले जानकारी दिनुभयो । उहाँका अनुसार जानुका कट्वाल, सोभित कट्वाल र कोष कुमारी बुढाथोकीका घर समेत उच्च जोखिममा रहेको छ ।

ठुलो पानी परेको अबस्थामा सिङ्गो गाउँनै जोखिममा पर्न सक्ने भएकाले सबैलाई सचेत अवस्थामा रहन आग्रह गरिएका महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज रायले जानकारी दिनुभयो ।

गाँउको एक पाटो तर्फ धाजा फाटेर बग्न सुरु गरेको थियो । तत्काल वर्ष रोकिएकाले ठुलो जोखिम टरेको तथा ठुलो वर्षा भएको खण्डमा जुनसुकै बेला गाँउ जोखिममा पर्न सक्ने मेयर रायको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल सहित जिल्ला विपदव्यबस्थापन समितिको टोलीले पहिरोग्रस्त छ्यालुङ लाक्टाङ गाउँको अनुगमन गरेको छ । अनुगमनपछि पहिरोको जोखिम क्षेत्रका स्थानीयलाई नजिकैको बालविकास केन्द्रको भवनमा सार्ने निर्णय भएको महालक्ष्मी नगरपालिले जनाएको छ ।

सम्बन्धित खबर