
काठमाडौं । बूढानिलकण्ठ नगरपालिका ७ स्पेसल चोकमा गएराति मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।
दुर्घटनामा सिराहा जन्दहका २९ वर्षीय भोला थापाको उपचारकै क्रममा बिहान ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिनुभयो । अर्का मृतकको पहिचान हुन बाँकि छ ।
बागमती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको स्कुटर र मधेश प्रदेश ०२–००२ प ५७२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । मृतक दुवैजनाको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । दुर्घटना भएको स्कुटरमा दुई र मोटरसाइकलमा तीन जना चढेका प्रहरीले जनाएको छ ।