२०८२ भदौ २, सोमवार , ११:२५:०९ बजे

Sajhamanch
'

पाथीभरा मन्दिरमा साउनमा साढे १० लाख रुपैयाँ भेटी संकलन

सोमवार, भदौ २, २०८२

ताप्लेजुङ । चालु आर्थिक वर्ष २०८२/०८३ को साउन महिनामा पाथीभरा मन्दिरमा साढे १० लाख रुपैयाँ भेटी संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार एक महिनाको अवधिमा कुल १० लाख ३९ हजार रुपैयाँ भेटी संकलन भएको हो ।

समितिले तीर्थयात्रीले चढाएको भेटी प्रत्येक महिना गणना गरी बैंकमा जम्मा गर्ने र त्यसको विवरण सार्वजनिक गर्ने गरेको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार साउन महिनामा दुई हजारभन्दा बढी भक्तजन पाथीभरा दर्शनका लागि पुगेका थिए । सो अवधिमा दुई हजार १४६ दर्शनार्थी पुगेको समितिले जनाएको छ ।

गत आर्थिक वर्ष २०८१/०८२ मा दुई करोड १७ लाख आठ सय छयहत्तर जना भक्तजनले पाथीभरा दर्शन गर्दा तीन करोड ११ लाख ६४ हजार छ सय छयहत्तर रुपैयाँ भेटी संकलन भएको थियो । पाथीभरा समुद्र सतह देखि तीन हजार ७९४ मिटरमा अवस्थित रहेको छ ।

सम्बन्धित खबर