२०८२ भदौ १, आइतवार , १०:१६:१५ बजे

Sajhamanch
'

धार्मिक चेतना र सामाजिक सद्भावको संदेशसहित शिवसताक्षीमा रथयात्रा

आइतवार, भदौ १, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको शिवगञ्ज बजारमा आज बृहत रथयात्रा निकालिएको छ । शिवसताक्षी ६ शिवगञ्ज बजारस्थित सनातन धर्म सम्वर्धन संस्थाको आयोजनामा भगवान श्रीकृष्णको रथयात्रा निकालिएको हो ।

रथयात्रा शिवगञ्ज बजारमा रहेको हनुमान मन्दिरदेखि भेलानुनी, कटुवालचौक, जनता चौक, हवल्दारचोक, पाथीभरा मन्दिर, दुर्गा मन्दिर, शिवालय लगायत प्रमुख मार्गहरू हुँदै पुनः हनुमान मन्दिरमा पुगेर समापन गरिएको थियो ।

रथयात्राले धार्मिक चेतना फैलाउने र सामाजिक सद्भाव बलियो बनाउने, पर्यटन प्रवर्धनमा पनि टेवा पुग्ने अपेक्षा गरिएको सनातन धर्म सम्वर्धन संस्थाका अध्यक्ष माधव अधिकारीले जानकारी दिनुभयो ।

रथयात्राका क्रममा नेवाः समुदायले लाखे नाच, सन्थाल समुदायले साँस्कृतिक नाच प्रस्तुत गरेका थिए ।

रथयात्राको उद्घाटन झापा क्षेत्र नं. ४ का संघीय संसाद एलपी साँवा लिम्बूले गर्नु भएको थियो । कार्यक्रममा कृष्ण जन्माष्टमीको महत्व र रथयात्राको परम्पराको बारेमा आचार्य नन्दकिशोर भारद्वजले व्याख्या गर्नु भएको थियो ।

कार्यक्रममा सांसद साँवा, प्रदेश सांसद राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्रा लगायतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन सताक्षी गुरुकोलमका प्राचार्य मदनमोहन अधिकारीले गर्नु भएको थियो भने रथयात्रामा वडाध्यक्ष सिकिन पासवनसहित जनप्रतिनिधिहरु, राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरु, सामाजिक व्यक्तित्व, धार्मिक व्यक्ति तथा गुरुहरुसहित हजारौंको सख्यामा भक्तजनहरुको सहभागिता थियो ।

सम्बन्धित खबर