
काठमाडौं । एन्फा महिला लिग छनोटअन्तर्गत हिजो भएको दोस्रो खेलमा सङ्कटा एफसीले नेपाल खेलकुद क्लबलाई १–० ले हराएको छ ।
खेलको दोस्रो हाफमा यशोदा शाहीले गरेको गोलमा सङ्कटा विजयी भयो । त्यसअघि सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा छहारी क्लवबले एफसी रियललाई ३–० ले हराएको थियो ।
छहारीका तर्फबाट पहिलो हाफमा ललिता मण्डल र सुमित्रा सिंह पाख्रिनको गोल गरिन । दोस्रो हाफमा सानिमा माया लोले गोल गरिन् ।
छनोट प्रतियोगितामा १४ टोली सहभागी छन । सहभागीमध्येबाट उत्कृष्ट ५ टोली एन्फा महिला लिगमा छनोट हुनेछन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।
दुवै समूहमा शीर्ष दुई टोली एन्फा लिग पुग्नेछन् । समूहमा तेस्रो स्थान पाउने दुई टोलीका बिचमा प्ले अफ खेल मार्फत पाँचौं टोलीको टुङ्गो लाग्ने छ ।