२०८२ साउन २९, बिहिवार , ०५:२८:०७ बजे

Sajhamanch
'

रसुवाको लहरेपौवामा सडक दुर्घटना, १२ जना घाइते

बिहिवार, साउन २९, २०८२

रसुवा । रसुवाको गत्लाङबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस आज दिउँसो दुर्घटनामा परी १२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजु शाहका अनुसार बा. ४ ख. ८४३५ नम्बरको बस पासाङल्हामू राजमार्गअन्तर्गत उत्तरगया गाउँपालिका–५ लहरेपौवामा दिउँसो २ बजे सडकबाट करिब ३० मिटर तल खसेको हो ।

दुर्घटनामा घाइते भएकामध्ये एकजनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। सबै घाइतेलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल त्रिशूलीमा उपचारका लागि पठाइएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

सम्बन्धित खबर