२०८२ साउन २९, बिहिवार , ०१:४६:२४ बजे

Sajhamanch
'

एन्फा महिला लिग छनोट : आज दुई वटा खेल हुँदै

बिहिवार, साउन २९, २०८२

काठमाडौं । एन्फा महिला लिग छनोट अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । पहिलो खेल दिउँसो १ बजे छाहारी युवा क्लब र एफसी रियाबीच हुनेछ ।

यस्तै दोस्रो खेल बेलुकी सवा ४ बजे सङ्कटा एफसी र नेपाल खेलकुद क्लबबीच हुनेछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा आजदेखि प्रतियोगिता शुरू भएको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटो र च्यासल रङ्गशालामा हुने प्रतियोगितामा १४ वटा टोली सहभागी छन् । पाँच टोली महिला लिगको अन्तिम चरणका लागि छनोट हुनेछन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । राउन्ड रोबिन लिगका आधारमा खेल हुनेछ । समूहका शीर्ष दुई टोली महिला लिगका लागि छनोट हुनेछन् । दुई समूहका तेस्रो हुने टोलीबीचको प्रतिस्पर्धाको विजेता टोली पाँचौं टोलीका रुपमा अन्तिम चरणमा पुग्नेछ ।

सम्बन्धित खबर