
इनरुवा । सुनसरीको इनरुवा नगरपालिकाले एक वर्षमा १० किलोमिटर सडक निर्माण गरेको छ । नगरक्षेत्रमा विभिन्न वडाका सडकमा कालोपत्रे र ग्राभेलसहितको १० किलोमिटर सडक निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाले जानकारी दिनुभयो ।
इनरुवा नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यव्रmममा सार्वजनिक गरेको प्रगति विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ को एक वर्षमा ५.८४ किलोमिटर कालोपत्रे र ४.३४ किलोमिटर ग्राभेल, ८८९ मिटर आरसिसी सडकसहित १० किलोमिटर सडक निर्माण भएको उल्लेख गरेको छ ।
एक वर्षमा पूर्वाधार विकासतर्फ नगरमा १० किलोमिटर सडक निर्माणसहित इनरुवा–४ को वडा कार्यालय भवन एक, जल्पापुर स्वास्थ्य चौकी कार्यालय भवन निर्माण एक, नाला तथा ढल निर्माण ७.२६ किलोमिटर र पल्म्ब तथा साइड वाल निर्माण २.३४ किलोमिटर निर्माण सम्पन्न गरेको प्रमुख प्रशासकीय अधिकृत निरौलाले बताउनुभयो ।
इनरुवा–४ र ८ जोड्ने पुनप्र्राप्ति केन्द्रदेखि रेडव्रmस स्कुलसम्म, होलीपूर्व, इनरुवा–७, गङ्गाराम ऋषिदेव टोल, इनरुवा–६, मधेसा, नमुना बस्ती, घिमिरे टोल, इनरुवा झाको घरतर्फको सहित गरेर १० स्थानमा कालोपत्रे र १४ स्थानमा ग्राभेलको काम भएको नगरपालिकाले जनाएको छ ।
उता इनरुवा नगरपालिकाको आव २०८१/८२ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यव्रममार्फत वार्षिक आम्दानी, खर्च तथा अद्यावधिक विवरण र सम्पन्न गरेको योजनाको विवरण प्रस्तुत गरेको छ ।
सम्पन्न भएका योजना तथा कार्यव्रम समग्र आयव्ययको नागरिक तथा सरोकारवालाको बिचमा सार्वजनिक सुनुवाइ गरेको नगरप्रमुख केदार भण्डारीले बताउनुभयो ।
नगरपालिकाले गरेको विकास, सम्पन्न गरेका योजना, प्रवाह गरेको सेवाको सन्तुष्टिका बारेमा जनतासँग साक्षात्कार गर्नलाई सार्वजनिक सुनुवाइ कार्यव्रम गरेको भण्डारीले बताउनुभयो ।
भण्डारीले जनताका कुरा सुन्न गुनासो वा जिज्ञासा तथा योजना र सेवा प्रवाहप्रतिको नागरिकको सन्तुष्टि थाहा पाउनका लागि यसअघि वडा वडामा कार्यतालिका बनाएर सार्वजनिक सुनुवाइ गरेको बताउनुभयो ।