२०८२ साउन २९, बिहिवार , ११:२३:२४ बजे

Sajhamanch
'

टोटन ह्यामलाई हराउँदै पीएसजीले जित्यो पाँचौं यूइएफए सुपर कपको उपाधि

बिहिवार, साउन २९, २०८२

काठमाडौं । टोटनह्यामलाई पेनाल्टी सुटआउटमा हराउँदै पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले यूइएफए सुपर कप २०२५ को उपाधि जितेको छ । हिजो भएको खेलमा युरोपा लिग विजेता टोटनह्याम ४–३ पराजित भयो ।

स्टाडियो फ्रिउली (उडिने) मा भएको खेलको ८५ औं मिनेटसम्म टोटनह्याम २–० ले अघि थियो । तर, पीएसजी अन्तिम क्षणमा खेलमा फर्किन सफल भयो । ८६ औं मिनेटमा ली काङ–इनले कुनामा प्रहार गर्दै गोल अन्तर घटाए ।

इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले बराबरी गोल गर्दै खेललाई २–२ मा पुर्‍याए । पेनाल्टी सुटआउटमा सुरुमा भिटिन्हाले मिस गरेपछि टोटनह्याम २–० ले अघि थियो ।

तर, मिकी भान डे भेन र माथिस टेलले अवसर गुमाए र पीएसजीले लगातार चार पेनाल्टी सफल पार्‍यो । अन्तिम निर्णायक प्रहार नुनो मेन्डेसले गर्दै टोलीलाई जीत दिलाए ।

सम्बन्धित खबर