
मुस्ताङ । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको ढी–सुर्खाङ खोलामा रहेको पक्की मोटरेबल पुल बाढी पहिरोका कारण क्षतिग्रस्त भएको छ ।
अस्ति रातिदेखिको पानीले ढी(सुर्खाङ खोलामा अचानक आएको बाढीले सुर्खाङ, यारा, घारा र दामोदरकुण्ड जोड्ने सडकको पक्की पुल पूर्णरूपमा क्षति भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले ध्ये खोलादेखि सुर्खाङ, ढी, यारा, घारा र दामोदरकुण्ड सडक खण्डमा अर्को सूचना नआएसम्म गाडी आवतजावतमा रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज उपाध्यायले जानकारी दिनुभयो ।