२०८२ साउन २९, बिहिवार , ११:२०:०३ बजे

Sajhamanch
'

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्यो

बिहिवार, साउन २९, २०८२

सङ्खुवासभा । जिल्ला अस्पताल सङ्खुवासभामा भाइरल ज्वरो, स्क्रब टाइफस र डेङ्गी सङ्क्रमित बिरामीको सङ्ख्या बढेको छ ।

बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अभाव हुँदा ‘प्यासेज’ र हलमा बिरामी राख्नुपर्ने बाध्यता भएको छ ।

अस्पतालका सूचना अधिकारी सुमित्रा सापकोटाका अनुसार गएको वैशाख यता स्क्रब टाइफसका २१४, डेङ्गी सङ्क्रमित ५६ र भाइरल ज्वरोका ११७ जना बिरामी भेटिएका छन् ।

स्क्रब टाइफस एक प्रकारको सङ्क्रमित किर्नाले टोकेमा लाग्छ । यो रोग लागेमा टाउको दुख्ने, उच्च ज्वरो आउने, गर्दन र घाँटी वरिपरि मसिना बिमिरा आउने, पसिना आउने, ग्रन्थी सुनिने लगायतका लक्षण देखिन्छ ।

सम्बन्धित खबर