
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नु भएको छ।
बुधबार उहाँले आफ्नो पछिल्लो तुर्कमेनिस्तान भ्रमण, समसामयिक विषयवस्तु लगायतबारे सम्बोधन गर्नु भएको हो ।
सम्बोधनको क्रममा उहाँले आफ्नो भ्रमण उपलब्धिमूलक भएको, भ्रमणका क्रममा विभिन्न देशका उच्च पदस्थसँग भेटघाट भएको, वर्तमान समीकरण फेरबदल नहुने, सहकारी ठगी प्रकरणमा कोहीमाथि पनि प्रतिशोध नसाँधिएको, संसद्लाई कन्टेन्ट उत्पादनको थलो बनाउने दुष्प्रयास भएको लगायतका भनाइ राख्नुभयो ।
प्रधानमन्त्री ओलीले सरकारले पछिल्लो पटक गरेका कामको फेहरिस्त पनि सुनाउनु भएको थियो ।
यस्तो छ प्रधानमन्त्रीले संसद्मा गरेको सम्बोधनको पूर्णपाठ