२०८२ साउन २७, मङ्गलवार , ०५:१४:२४ बजे

Sajhamanch
'

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाद्वारा राजीनामा

मङ्गलवार, साउन २७, २०८२

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिनुभएको छ ।

सङ्घीय निजामती विधेयकमा व्यवस्था भएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको चलखेल बाहिरिएपछि खतिवडाले आज प्रतिनिधिसभामा सम्बोधन गर्दै राजीनामा दिनुभएको हो ।

कुलिङ पिरियडको व्यवस्थामा भएको त्रुटिबारे छानबिन गर्न गठित समितिले विधेयकको अन्तिम प्रतिवेदनमा हस्ताक्षर गरेका समिति सभापति खतिवडा र समितिका सचिव सुरजकुमार दुरा जिम्मेवार रहेको निष्कर्ष निकालेको थियो ।

सम्बन्धित खबर