२०८२ साउन २७, मङ्गलवार , ०४:४५:४१ बजे

Sajhamanch
'

शेयर बजार २८०० विन्दुमुनि झर्‍यो, कारोबार रकम ७ अर्ब पनि पुगेन

मङ्गलवार, साउन २७, २०८२

काठमाडौं । शेयर बजार लगातार दोस्रो दिन दोहोरो अङ्कले घटेको छ । हिजो २७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव २२ अङ्कले ओरालो लागेर २ हजार ७९६ दशमलव २४ विन्दुमा झरेको छ ।

आज होटल बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्सको शेयर १ दशमलव ५३ प्रतिशत र माइक्रोफाइनान्स समूहको शेयर १ दशमलव ४९ प्रतिशतले ओरालो लागेको छ ।

आज सिकलेस हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सिटी होटलको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो १० अर्ब २१ करोडको कारोबार भएकोमा आज ३२३ वटा कम्पनीका १ करोड ७६ लाख कित्ता शेयर ६ अर्ब ९१ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर