२०८२ साउन २६, सोमवार , ०५:०५:१० बजे

Sajhamanch
'

नेपालगञ्ज-नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण

सोमवार, साउन २६, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि र उद्योगी-व्यवसायीबाट नेपालगञ्ज(नयाँ दिल्ली सिधा हवाइ उडानका लागि ध्यानाकर्षण गराइएको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालगञ्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेकाले पश्चिम नेपालको ३२ जिल्लाको हवाइ सुविधा र व्यावसायिक श्रीवृद्धिका लागि नेपालगञ्ज-नयाँ दिल्ली सिधा हवाइ सेवा सञ्चालनको माग गरिएको हो।

मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले आफू यसका लागि सकारात्मक रहेको र भारत सरकारसँग छलफल गरिने विश्वास दिलाउनुभयो। उहाँले नेपालगञ्ज विमानस्थलको धावनमार्ग थप विस्तार र जमिन संरक्षणलगायतका काममा पनि चासो दिन आग्रह गर्नुभयो ।

सम्बन्धित खबर