२०८२ साउन २६, सोमवार , ०१:१६:१९ बजे

Sajhamanch
'

पर्वतको कोरुङ्गा गाउँ पहिरोको जोखिममा

सोमवार, साउन २६, २०८२

पर्वत । लगातारको वर्षाका कारण पर्वतको मोदी गाउँपालिका वडा नम्बर २ देउपुरको कोरुङ्गा गाउँ जोखिममा परेको छ ।

भीरबाट पहिरो झर्ने क्रम नरोकिएपछि सिङ्गो गाउँ नै जोखिममा परेको हो । त्यहाँ आधा दर्जन घरपरिवारको बसोबास छ । पातीचौर–देउपुर–लप्सीबोट सडक निर्माणपछि झन्डै एक दशकदेखि शुरुआत भएको कोरुङ्गाको पहिरो बढ्दै गएर बस्तीतर्फ पुगेको हो ।

अहिले पाँच घरपरिवार उच्च जोखिममा परेका छन् । पहिरोले घर नै क्षतिग्रस्त भई बस्न अयोग्य भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा सर सामान सुरक्षित ठाउँमा सारिएको छ भने बस्नका लागि अस्थायी टहरासमेत निर्माण गरिएको छ ।

गएको वर्ष पहिरोका कारण गाउँपालिकाको केन्द्रदेखि वडा नम्बर १, २, ३ र ४ जोड्ने मुख्य सडक तीन महिना पूर्णरूपले अवरुद्ध भएको थियो । गाउँपालिकाको केन्द्र जोड्ने मुख्य सडक नै अवरुद्ध भएपछि स्थानीयवासीले निकै सास्ती बेहोर्नु परेको छ ।

सम्बन्धित खबर