२०८२ साउन २६, सोमवार , ०१:१७:३१ बजे

Sajhamanch
'

यू–२० महिला एशियन कप छनोट खेलेर नेपाली टोली स्वदेश फर्कियो

सोमवार, साउन २६, २०८२

काठमाडौं । एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोट खेलेर नेपाली टोली आज स्वदेश फर्किएको छ । घर फर्किनुअघि नेपालले आइतवार समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा उत्तर कोरियासँग ११–० को पराकिलो हार बेहोरेको थियो ।

भूटानको थिम्पुमा रहेको चाङलिमिथाङ स्टेडियममा हिजो भएको खेलमा बलियो टिम उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गरेको थियो । छनोटमा नेपालले ३ खेल खेलेर ४ अङ्कमात्रै जोड्न सक्यो ।

नेपालले पहिलो खेलमा भूटानसँग १–१ को बराबरी खेल्दा दोस्रो खेलमा साउदी अरेबियासँग १–० ले विजयी भएको थियो । नेपाल रहेको समूहबाट सबै ३ खेल जितेको उत्तर कोरिया ९ अङ्कका साथ समूह विजेता बनेर अर्को वर्ष थाइल्यान्डमा हुने एशियन कपमा छनोट भयो ।

सम्बन्धित खबर