२०८२ साउन २६, सोमवार , ११:०२:२२ बजे

Sajhamanch
'

आज साउनको अन्तिम सोमवार  : अर्जुनधारा र भुतेश्वरमा भक्तजनको भीड

सोमवार, साउन २६, २०८२

झापा । साउनको अन्तिम सोमवार आज देशभरका शिवालयमा भक्तजनहरूको भीड लागेको छ । आज बिहानैदेखि देशभरका शिव मन्दिरमा भक्तालुहरूको पूजा, अर्चनाका लागि भीड लागेको हो ।

पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वरधाम , शिवसताक्षीको सताक्षीधाम, कचनकवलको भुतेश्वर महादेव मन्दिरलगायतका झापाका धार्मिक स्थलमा बिहानैदेखि भक्तालुहरूको भीड लागेको हो ।

साउन महिना विशेष गरेर आशुतोष भगवान् महादेवको प्रिय महिना भएकोले साउनको सोमवार विशेष पूजा आराधना गर्ने गरिन्छ । सोमवारका दिन पूजा आराधना र अर्चना गर्नाले मनोवाञ्छित कामना सिद्ध हुने विश्वास रही आएको छ ।

साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान्, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ ।आज लाग्ने भुतेश्वर मन्दिर मेलाको लागि कचनकवल गाउँपालिकाले स्थानीय विदा दिएको छ।

सम्बन्धित खबर