२०८२ साउन २६, सोमवार , ११:०५:१३ बजे

Sajhamanch
'

देशका धेरै ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना

सोमवार, साउन २६, २०८२

काठमाडौं । आज देशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकीको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागको एकरदुई ठाँउमा ठूलो पानी पर्ने सम्भावना छ । यस्तै पहाडी भू-भागका धेरै ठाउँहरुमा र मधेश प्रदेशलगायतका तराई भू-भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।

यस्तै राति कोशी प्रदेशको पहाडी भू-भाग तथा मधेश प्रदेशसहित कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागकाका धेरै ठाउँहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज बिहान कञ्चनपुर, बर्दिया, र सर्लाहीमा ठूलो पानी परेको छ ।

सम्बन्धित खबर