२०८२ साउन २५, आइतवार , ०५:२४:५७ बजे

Sajhamanch
'

नेपाल उत्तर कोरियासँग ११–० ले पराजित

आइतवार, साउन २५, २०८२

काठमाडौं । एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपालले उत्तर कोरियासँग फराकिलो अन्तरको हार बेहोरेको छ ।

भुटानको चाङ्लिमिथाङ रङ्गशालामा आज भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११–० गोलले पराजित भयो । पहिलो हाफमा ५ गोल गरेको उत्तर कोरियाले दोस्रो हाफमा ६ गोल थपेको हो ।

यो जीतसँगै उत्तर कोरिया समूह विजेता बन्दै आउँदो वर्ष थाइल्यान्डमा हुने एएफसी २० वर्षमुनिको एशियन कपमा छनोट भएको छ ।

उत्तर कोरियाले ३ वटै खेल जितेर ९ अङ्क जोड्यो । उत्तर कोरियाले पहिलो खेलमा साउदी अरबलाई १५–० र दोस्रो खेलमा भूटानलाई १०–० गोलले हराएको थियो ।

यो हारसँगै नेपाल एशियन कपमा छनोट हुन असफल भएको छ । नेपालले ३ खेलबाट ४ अङ्क जोड्यो । प्रतियोगितामा नेपालले पहिलो खेलमा भूटानसँग १–१ गोलको बराबरी खेल्दा साउदी अरबलाई १–० गोलले हराएको थियो ।

सम्बन्धित खबर