२०८२ साउन २५, आइतवार , ०४:१४:१४ बजे

Sajhamanch
'

भूटानमा हुने साफ यू–१७ महिला च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

आइतवार, साउन २५, २०८२

काठमाडौं । भूटानमा हुने १७ वर्षमुनिको साफ महिला च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज २३ सदस्यीय टोली घोषणा गरेको हो ।

नेपाली युवा टोलीको गोलकिपरमा झरना डुम्रकोटी, लक्ष्मी ओली र गङ्गा गुरुङ छन् । यस्तै डिफेन्डरमा दीक्षा रायमाझी, सम्झना चन्द, एलिजाकुमारी बिके, ग्यान्शु डोल्मा लो, पूर्णिमा ताडी, अनु माझी, मिनमाया श्रेष्ठ र अन्शु बिके छन् ।

टोलीको मिडफिल्डरमा दिकी स्याङ्बो तामाङ, कृतिका तामाङ, रबिना बिके र सहारा लिम्बु छन् । यस्तै विङ्गरमा बबिता कार्की, भूमिका बुढाथोकी, आशिका कार्की र सृजना बडुवाल रहेका छन् । यस्तै फरवार्डमा अस्मिता मगर, यामकुमार बिके, अनिता राना मगर र दीक्षा रनपाल रहेका छन् ।

१७ वर्षमुनिको साफ महिला च्याम्पियनशिप आउँदो अगस्ट २० देखि ३१ सम्म भूटानमा हुँदैछ । प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी हुनेछन् । डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

सम्बन्धित खबर