२०८२ साउन २५, आइतवार , १२:२४:३५ बजे

Sajhamanch
'

बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत दिन एमाले र कांग्रेसको ह्वीप

आइतवार, साउन २५, २०८२

काठमाडौं । सत्ता साझेदार दल नेकपा एमालेले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।

एमाले बागमती प्रदेश संसदीय दलले आफ्ना सांसदलाई मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भएर उहाँको पक्षमा मत दिन भनेको हो ।

गत २० साउनमा मुख्यमन्त्री नियुक्त भएका बानियाँले यही साउन २७ गते मंगलबार दिउँसो ४ बजे विश्वासको मत लिने तयारी गर्नु भएको छ।

मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन कांग्रेसले यसअघि नै ह्वीप जारी गरिसकेको छ । शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गर्ने निर्णय गरेको संसदीय दलका प्रवक्ता प्रदेशसभा सदस्य सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।

बैठकमा अनिवार्य उपस्थित हुने, तटस्थ नबस्ने र विश्वासको मतको पक्षमा मत दिन तीन बुँदामा ह्वीप जारी गर्ने निर्णय भएको छ ।

सम्बन्धित खबर