२०८२ साउन २५, आइतवार , १२:२१:२१ बजे

Sajhamanch
'

रसुवामा बाढी पहिरोको क्षतिपछि प्रारम्भिक बीमा दाबी झन्डै ९९ करोड

आइतवार, साउन २५, २०८२

काठमाडौं । रसुवामा वर्षा तथा बाढी पहिरोको क्षतिबाट प्रारम्भिक बीमा दाबी ९८ करोड ५९ लाख ८२ हजार रुपैयाँ बराबर पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार साउन २२ गतेसम्म कुल बीमा दाबी ७८ वटा पुगेको छ । गएको असार २३ गते लेहेन्दे खोलामा आएको बाढीका कारण नेपाल–चीन सीमामा रहेको मितेरी पुल, भन्सार यार्डमा पार्किङ गरी राखिएका गाडी बगाएको थियो ।

यस्तै, रसुवागढी हाइड्रोपावरलगायत संरचनामा समेत बाढीले क्षति पुगेको थियो । त्यसमा सम्पत्ति बीमा छ, सामुद्रिक बीमा नौ, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम पाँच, निजी मोटर बीमा १६ र सार्वजनिक मोटर बीमामा ४२ वटा दाबी परेको हो ।

सम्बन्धित खबर