२०८२ साउन २३, शुक्रवार , ०४:५८:५३ बजे

Sajhamanch
'

जुम्लाबाट सुर्खेतका लागि छुटेको जीप कालीकोटमा दुर्घटना, ७ जना घाइते

शुक्रवार, साउन २३, २०८२

कालीकोट । जुम्लाबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२००१ ख ०९७३ नम्बरको जीप कालीकोटको खाँडाचक्र नगरपालिका–१० गोलुवा नजिकै दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

घाइते हुनेमा गाडी चालक वीरेन्द्रनगर नगरपालिका–१ का ३० वर्षीय लालबहादुर बस्नेत, सहचालक कालीकोटको शुभकालिका गाउँपालिका–२ का २१ वर्षीय प्रकाश शाही, तिलागुफा नगरपालिका–६ का २० वर्षीय प्रकाश शाही, जुम्लाको हिमा गाउँपालिका–१ का २८ वर्षीय परियार, १६ वर्षका अविगेल परियार, २५ वर्षीय गङ्गा परियार र ५ वर्षीय सुमन परियार रहेका छन् ।

दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल कालीकोट ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी टेकबहादुर रावतले बताउनुभयो ।

घाइतेमध्ये चार जना प्रकाश शाही, गङ्गा परियार, लालबहादुर बस्नेत र रविन परियारको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लैजाने तयारी भइरहेको छ ।

शुक्रवार, साउन २३, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर