२०८२ साउन २३, शुक्रवार , ०१:३४:२९ बजे

Sajhamanch
'

२८ जिल्लामा बाढीको मध्यम जोखिम

शुक्रवार, साउन २३, २०८२

काठमाडौं । आज कोशी प्रदेशको झापा, इलाम, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, पाँचथर, सङ्खुवासभा, भोजपुर, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुरमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, रामेछाप, धादिङ, नुवाकोट, रसुवा, सिन्धुलीमा बाढीको मध्यम जोखिम छ । कर्णाली प्रदेशको सुर्खेत, दैलेख र सुदूरपश्चिम प्रदेशको अछाम, बैतडी, बझाङ, डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुरमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।

बाढीको जोखिम भएका जिल्ला तथा आसापास भएर वहने खोला तथा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

आज दिउँसो देशका केही ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लुम्बिनी प्रदेशको तराईलगायत कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाको भनाइ छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका धेरै र बाँकी पहाडी भू-भागका केही ठाउँहरुमा तथा मधेश प्रदेश र बाँकी तराई भू-भागगका थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

गएराति र बिहानपख देशका केही ठाउँमा मध्यमदेखि ठूलो वर्षा भयो । ठूलो पानी परेका ठाउँका खोला नदीमा बाढीको जोखिम भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

शुक्रवार, साउन २३, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर