२०८२ साउन २२, बिहिवार , ०५:५५:२४ बजे

Sajhamanch
'

‘माउण्टेन मेडिसिन सोसाइटी’ का चिकित्सक गोसाइँकुण्डमा

बिहिवार, साउन २२, २०८२

काठमाडौं । रसुवाको गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लागेको मेलामा जाने तीर्थयात्रीको उपचारका लागि स्वास्थ्यकर्मीको टोली गोसाइँकुण्ड पुगेको छ । गोसाइँकुण्डमा हरेक वर्ष लाग्ने जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ चिकित्सकसहित छ जनाको टोली गोसाइँकुण्ड पुगेको हो ।

डा. पदम जोशीको संयोजकत्वमा रहेको माउण्टेन मेडिसिन सोसाइटीका चिकित्सकको टोलीले एक हप्तासम्म गोसाइँकुण्डमा बसेर तीर्थयात्रीलाई स्वास्थ्य सेवा प्रदान गर्नेछ ।

एकादशीदेखि भाद्र शुक्ल पूर्णिमासम्म लाग्ने मेलामा देश तथा विदेशबाट हजारौँ तीर्थयात्री कुण्डमा दर्शन गर्न पुग्ने गरेका छन् । गोसाइँकुण्डमा हरेक वर्ष गङ्गादशहरा र जनैपूर्णिमा गरी वर्षको दुई पटक मेला लाग्ने गर्दछ ।

सम्बन्धित खबर