
काठमाडौं । नेपाल चीनमा हुने १७ वर्षमुनिको एशियन कप २०२६ छनोटको समूह ‘एफ’मा परेको छ । एशियाली फुटबल महासङ्घ (एएफसी) ले आज सार्वजनिक गरेको ‘ड्र’ अनुसार नेपाल कठिन समूहमा रहेको छ ।
यो समूहमा सन् २००३ को पहिलो संस्करणमा तेस्रो भएको थाइल्यान्ड र तुर्केमिस्तान पनि छन् । समूह ‘एफ’का खेलहरु थाइल्यान्डमा हुनेछ । नेपालले अहिलेसम्म समूह चरण पार गर्न सकेको छैन ।
सहभागी २७ टोलीलाई ८ समूहमा विभाजन गरिएको थियो । तीन समूहमा समान चार टोली छन् । अन्य पाँच समूहमा भने समान तीन टोलीलाई राखिएको छ ।
दक्षिण एशियाली फुटबल महासङ्घ (साफ)का नेपालसँग भारत र बङ्लादेश मात्रै समावेश थिए । भारत समूह ‘जी’ र बङ्गलादेश समूह ‘एच’मा परेका छन् । यसअघि नै मुख्य प्रतियोगितामा साबिक विजेता उत्तर कोरियासँगै उपविजेता जापान, दक्षिण कोरिया र आयोजक चीनले स्थान बनाइसकेका छन् ।