२०८२ साउन २२, बिहिवार , ०४:३४:४२ बजे

Sajhamanch
'

फिफा महिला वरियतामा नेपाल १३ स्थान माथि उक्लँदै ८७औं स्थानमा

बिहिवार, साउन २२, २०८२

काठमाडौं । फिफा महिला वरियतामा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १३ स्थान माथि उक्लँदै ८७औं स्थानमा पुगेको छ । यो नेपाली महिला टोलीले हासिल गरेको अहिलेसम्मकै उच्च वरियता हो ।

यसअघि नेपाल ९१औं स्थानसम्म पुगेको रेकर्ड थियो । यसअघि १००औं वरियतामा रहेको नेपाल यसअघिको अङ्कबाट ४६ दशमलव ४९ अङ्क बढेर नयाँ वरियतामा ८७औं स्थानमा पुगेको हो ।

एशियाली राष्ट्रहरुमध्ये नेपाल १६औं स्थानमा छ । नेपालले महिला एशियन कप छनोटमा श्रीलङ्का र लाओसलाई हराउँदा उज्बेकिस्तानसँग बराबरी खेलेको थियो ।

यस प्रतियोगितापछि नेपालको वरियतामा ठूलो सुधार आएको हो । फिफा वरियताको शीर्ष स्थानमा स्पेन उक्लिएको छ भने अमेरिकी टोली दोस्रोमा झरेको छ । पुरूषतर्फको वरियतामा भने नेपाल १७५औं स्थानमा छ ।

सम्बन्धित खबर