२०८२ साउन २२, बिहिवार , ०१:५९:३५ बजे

Sajhamanch
'

६ ठाउँमा सडक अवरुद्ध

बिहिवार, साउन २२, २०८२

काठमाडौं । नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा मन्दिरमा आज बिहानदेखि पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

यस्तै लमजुङको मध्यनेपाल नगरपालिका ९ बिमिरेभन्ज्याङमा पहिरोले मध्य पहाडीलोकमार्ग पूर्णरुपमा अवरुद्ध छ । गएको जेठ ६ गतेदेखि अवरुद्ध कोशी राजमार्ग अझै खुल्न सकेको छैन ।

गएको साउन १४ गतेदेखि पासाङल्हामु सडक पूर्णरुपमा अवरुद्ध छ । रसुवाको गोसाइकुण्ड गाउँपालिका २ र ३ मा बाढीका कारण सडकखण्ड पूर्ण रुपमा अवरुद्ध बनेको हो ।

गएको आइतवारदेखि अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध छ । सिन्धुपाञ्चोकको भोटेकोशी गाउँपालिका २ कोदारीमा पहिरोले सडक खण्ड अवरुद्ध बनेको हो ।

बाढीले गएको असार ९ गतेदेखि अवरुद्ध जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड अझै खुल्न सकेको छैन ।

सम्बन्धित खबर