
काठमाडौं । आज ३२ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी प्रदेशका झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, ओखलढुङ्गा, सोलुखुम्बु, रामेछाप, मोरङ, उदयपुरमा बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।
यस्तै बागमती प्रदेशका दोलखा, सिन्धुपाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, रसुवा, सिन्धुली, मकवानपुरमा बाढीको मध्यम जोखिम छ ।
लुम्बिनी प्रदेशका दाङ, बाँके, बर्दिया, कर्णाली प्रदेशका सुर्खेत, दैलेख तथा सुदूरपश्चिम प्रदेशको अछाम, डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुरमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाढीको जोखिम भएका जिल्ला तथा आसपास भएर बहने खोला तथा नदी तटीय क्षेत्रहरुमा आवश्यक सतर्कता अपनाउन महशाखाले अनुरोध गरेको छ ।
आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका केही ठाउँहरु तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ ।
राति मधेशलगायत कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका केही ठाउँहरुमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ ।
कोशी प्रदेशको पहाडी भू–भागको एक/दुई ठाउँमा ठूलो पानी सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर मनसुनको प्रभाव रहे पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ ।