२०८२ साउन २१, बुधवार , ०२:४८:५४ बजे

Sajhamanch
'

कैलाली र कञ्चनपुरमा बाढीको उच्च जोखिम, कोशी र सुदूरपश्चिममा ठूलो पानी पर्ने सम्भावना

बुधवार, साउन २१, २०८२

काठमाडौं । कैलाली र कञ्चनपुरमा बाढीको उच्च जोखिम रहको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै दाङ, बाँके, बर्दिया, जाजरकोट, डोल्पा, रुकुम पश्चिम, सल्यान, सुर्खेत, दैलेखमा बाढीको मध्यम सम्भावना रहको महशाखाको भनाइ छ ।

त्यस्तै सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, रामेछाप, सोलुखुम्बु, भोजपुर, रसुवा, दोलखा, सिन्धुपाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, रुपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, कपिलवस्तु, खोटाङ, अछाम, बझाङ, डडेल्धुरा, डोटी, कैतडी, दार्चुलामा बाढीको मध्यम जोखिम छ ।

बाढीको जोखिम भएका जिल्ला तथा आसपास भएर बहने नदी तथा खोलाहरूमा आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ । यसैबीच आज कोशी र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पनि मधेश प्रदेशका एक/दुई ठाउँमा तथा बाँकी प्रदेशका थोरै ठाउँमा मध्यम वर्षा भइरहेको छ । गएराति पनि कोशी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी परेको थियो ।

आज कोशीका एक/दुई ठाउँ र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशको पहाडी भागका केही ठाउँमा तथा बाँकी भागका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।

आज राति देशभर साधरणतया मौसम बदली रहनेछ । राति कोशी र मधेश प्रदेशका केही ठाउँमा, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा बाँकी प्रदेशका एक/दुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । ठूलो वर्षाको सम्भावना रहेका ठाउँमा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

सम्बन्धित खबर