२०८२ साउन २१, बुधवार , १०:०४:०३ बजे

Sajhamanch
'

सप्तरीको राजगढमा गोली चल्यो : प्रहरीको गोली लागेर एक जनाको ज्यान गयो

बुधवार, साउन २१, २०८२

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर २ कमलपुरमा गएराति गोली चलेको छ । प्रहरीको गोली लागेर स्थानीय लालु यादवको ज्यान गएको छ ।

गएराति साढे १० बजेतिर प्रहरी टोलीले तस्करलाई धरपकड गर्ने क्रममा गोली चलेको प्रारम्भिक विवरण छ ।

प्रहरीले केही कार्टुन जाँडरक्सी पनि बरामद गरेको छ । सामान लिने भारतीय तस्करले पहिला प्रहरीमाथि गोली चलाएको र जवाफी कारबाहीमा नेपाल प्रहरीले गोली चलाउँदा स्थानीय लालु यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

स्थानीयवासीले प्रहरीले जानाजानी गोली चलाउँदा लालुको ज्यान गएको बताएका छन् । घटनामा एक जना प्रहरी समेत घाइते भएको जानकारी प्राप्त भए पनि ती प्रहरीको थप अवस्थाबारे प्रहरीले आधिकारीक विवरण सार्वजनिक गरिसकेको छैन ।