२०८२ साउन २१, बुधवार , १०:०४:४९ बजे

Sajhamanch
'

कोशी र सुदूरपश्चिम प्रदेशमा गएराति वर्षा : आज पनि यी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना

बुधवार, साउन २१, २०८२

काठमाडौं । गएराति कोशी र सुदूरपश्चिम क्षेत्रमा वर्षा भएको छ । अहिले पनि कोशी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएराति कोशी र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी परेको हो । अरु ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ ।

महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार सबैभन्दा बढी कोशी प्रदेशको इलाममा ७९ मिलिमिटर वर्षा मापन भएको छ ।

ठूलो पानी परेको ठाउँहरुमा बाढीको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह छ ।

त्यस्तै आज पनि कोशी र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ । कोशीका एक/दुई ठाउँ र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् झाले बताउनु भयो ।

सम्बन्धित खबर