२०८२ साउन २१, बुधवार , १०:०१:४७ बजे

Sajhamanch
'

झापाको शिवसताक्षीमा डाइभर्सन भत्किएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

बुधवार, साउन २१, २०८२

झापा । पूर्व पश्चिम राजमार्गको एसियन हाइवे निर्माणका क्रममा झापाको शिवसताक्षीस्थित भालु खोलामा बनाइएको डाइभर्सन भत्किएपछि राजमार्ग अवरुद्ध भएको छ ।

आज बिहान करिब ५ः३० बजेदेखि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले बताउनु भयो ।

शिवसताक्षी १० स्थित भालु खोलामा ह्युमपाइप लगाई बनाइएको डाइभर्सन उक्त खोलामा आएको पानीले साइडको माटो कटान गरेको हो ।जसबाट बाटोमा सवारी आवतजावत पूर्णरुपमा अवरुद्ध भएको हो । बाटो सुचारु गराउनका लागि आवश्यक पहल भइरहेको प्रहरी निरीक्षक पौडेलले बताउनु भयो ।

बाटो अवरुद्ध भएपछि दर्जनौँ सवारी साधन र सयौँ यात्रु अलपत्र परेका छन् ।सवारी साधनलाई वैकल्पिक बाटो हुँदै सञ्चालन गरिएको बताइएको छ।

सम्बन्धित खबर