
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित राष्ट्रहरु बाध्यताले अलग रहेको भन्दै कनेक्टिभिटी नै उनीहरुका लागि न्याय हुने बताउनु भएको छ।
भुपरिवेष्टित राष्ट्रहरुको शिखर सम्मेलनका क्रममा तुर्केमिनिस्तानमा रहेका प्रधानमन्त्रीे कनेक्टिभिटीमा जोड दिनु भएको हो । प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालका अनुसार साइड एभेन्टमा बोल्ने क्रममा प्रधानमन्त्रीले भूपरिवेष्टि राष्ट्रहरु विकल्पले नभई बाध्यताले अलग रहेको बताउनु भयो ।
प्रधानमन्त्रीको भनाइ थियो–तटीय राष्ट्रहरूसँग यसको कुञ्जी छ—खोल्नु कर्तव्य हो, अनुग्रह होइन। अवरोधलाई नवप्रवर्तनमा बदलौं, यसलाई साझा समृद्धिको इन्जिन बनाऔं।