२०८२ साउन २०, मङ्गलवार , ०४:५३:४८ बजे

Sajhamanch
'

एक दिन पनि टिकेन नेप्सेको वृद्धि, आज ४१ अङ्कले घट्यो, कारोबार रकम १० अर्ब पनि पुगेन

मङ्गलवार, साउन २०, २०८२

काठमाडौं । हिजो १६ अङ्कले बढेको शेयर बजार आज फेरि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ७८ अङ्कले घटेर २ हजार ८ सय ३३ दशमलव ५७ विन्दुमा झरेको छ ।

आज माइक्रोफाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक र अन्य समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

आज थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले ओरालो लागेको दिन समाज लघुवित्त र उन्नति सहकार्य लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो १० अर्ब ८२ करोडको कारोबार भएकोमा आज ३२५ वटा कम्पनीका २ करोड २२ लाख कित्ता शेयर ९ अर्ब ३३ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर