२०८२ साउन २०, मङ्गलवार , ०३:५०:१० बजे

Sajhamanch
'

बबई नदीमा पानीको सतह बढ्दो, खतरा स्थानमा सशस्त्र प्रहरी परिचालन

मङ्गलवार, साउन २०, २०८२

काठमाडौँ । बबई नदीमा पानीको सतह बढ्दै गएपछि डुबान पर्नसक्ने स्थानहरूमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

सो नदीमा पानीको बहाव बढ्दै जाँदा सुर्खेत र बर्दियाको विभिन्न स्थानहरू डुबान पर्नसक्ने भएकोले उद्धारका लागि सुरक्षा फौज परिचालन भएको हो ।

बबई जल मापन केन्द्रमा जलसतह सतर्कता तह ७ दशमलव १७ मिटर पुगेको छ भने पानीको सतह बढ्दो क्रममा रहेको छ । जहाँ पानीको सतह ६ दशमलव ८० पुगेपछि खतरा लेबल मानिन्छ ।

डुबानमा पर्नसक्ने स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण बर्दियाबाट सशस्त्र प्रहरी नायव निरीक्षक नरेन्द्र थापाको कमान्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजमा परिचालित भएको हो ।

त्यस्तै डुबानमा पर्नसक्ने क्षेत्रहरूमा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण बर्दिया मातहत र नं. ३२ रक्तकाली गण सुर्खेत मातहतको सुरक्षा फौज आवश्यक विपद् व्यवस्थापन सामाग्रीसहित तयारी हालतमा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।

मङ्गलवार, साउन २०, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर