
काठमाडौं । वेस्ट इन्डिज भ्रमणमा रहेको पाकिस्तानले तेश्रो तथा अन्तिम टी–२० खेलमा वेस्ट इन्डिजलाई हराएको छ । योसँगै पाकिस्तानले तीन खेलको टी–२० शृङ्खला २–१ ले जित्यो । पाकिस्तानले वेस्ट इन्डिजलाई १३ रनले हराएको हो ।
पाकिस्तानले दिएको १९० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले छ विकेट गुमाएर १७६ रन मात्रै बनाउन सक्यो । वेस्ट इन्डिजका एलिक एथेनाजे ६० र शेर्फेन रदरफोर्डले ५१ रन बनाए । पाकिस्तानका हसन अली, मोहम्मद नवाज, हरिस रउफ, साइम अयुब र सुफियान मुकीमले समान एक विकेट लिए ।
त्यसअघि लाउडरहिलमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले चार विकेट गुमाएर १८९ रन बनाएको थियो । पाकिस्तानका साहिबजादा फरहान ७४ र सैम अयुबले ६६ रन बनाए । वेस्ट इन्डिजका जेसन होल्डर, रोस्टन चेस र शमर जोसेफले समान एक विकेट लिए ।
वेस्ट इन्डिज र पाकिस्तानबीच तीन खेलको एकदिवसीय श्रृंखला आउँदो शुक्रवार अर्थात् अगस्ट ९ तारिखदेखि शुरु हुनेछ ।