२०८२ साउन १९, सोमवार , ११:०३:५७ बजे

Sajhamanch
'

विश्व आदिवासी दिवस सप्ताहव्यापी रूपमा मनाइने

सोमवार, साउन १९, २०८२

काठमाडौं । नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले ३१औँ विश्व आदिवासी दिवस सप्ताहव्यापी रूपमा मनाउने भएको छ । ‘प्राकृतिक स्रोत, जल, जमिन र जङ्गल माथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्, संयुक्त राष्ट्र सङ«घका एजेन्सी संस्था यूएनड्रिप र आइएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यन्वयन गर’ भन्ने मूल नारासहित सप्ताहव्यापी दिवस मनाउन लागिएको नेफिनका अध्यक्ष गेल्जेलामा शेर्पाले जानकारी दिनुभयो ।

हिजो काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा उहाँले यही साउन २४ देखि २८ गतेसम्म सप्ताहव्यापी कार्यक्रम आयोजना गरिने बताउनुभयो । गएको ३१ वर्षदेखि अन्तरराष्ट्रिय विश्व आदिवासी दिवस विश्वभर मनाउँदै आइएको छ ।

नेफिनका महासचिव दिवस राईले मुख्य कार्यक्रम साउन २४ गते राष्ट्रियसभा गृहमा आयोजना गरिने र त्यहाँ आदिवासी जनजातिका पहिचान झल्किने सांस्कृतिक झाँकी, नृत्य, खानाका परिकारहरूको प्रदर्शनसमेत हुने बताउनुभयो ।

यसैबीच नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) का अध्यक्ष गेल्जेलामा शेर्पाले मिस मङ्गोल–२०२४ की विजेता एन्जेल राईलाई नेफिनको सद्भावनादूतमा नियुक्त गर्नुभएको छ ।

सम्बन्धित खबर