२०८२ साउन १८, आइतवार , ०२:२२:४० बजे

Sajhamanch
'

सडक सुरक्षा चुनौती बनी रहेको छ : मन्त्री दाहाल

आइतवार, साउन १८, २०८२

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक निर्माण र विस्तारसँगै सडक सुरक्षा चुनौती बनी रहेको बताउनु भएको छ।

आइतबार ललितपुरमा नेपाल अटो मोबाइल एसोसिएसन नेपाल-नासाले आयोजना गरेको अटो मोबाइल तथा मोबिलिटी पोलिसी बारेको दुई दिने कार्यक्रमको समापन समारोहमा मन्त्री दाहालले सडक सञ्जाल विस्तारको क्रममा सडक सुरक्षाको विषयलाई अनिवार्य समेटिने गरेको पनि बताउनु भयो। नेपालको भौगोलिक तथा धरातलीय विशिष्टताका कारण पनि सडक सुरक्षाको विषयमा सम्झौता गर्न नहुने मन्त्री दाहाले बताउनुभयो।

सडक सुरक्षालाई कानुनी रूपमा स्थापित गर्न सडक सुरक्षा ऐन बनाउने काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो।

कार्यक्रममा मोरङका शेखरचन्द्र राइलाइ सडक सुरक्षा अवार्ड प्रदान गरियो। दुई दिनको कार्यक्रमको अवधिमा विभिन्न कार्यपत्रहरू माथि छलफल भएको आयोजक संस्थाका कार्यकारी निर्देशक गोविन्द भट्टराईले जानकारी दिनुभयो।

सोही कार्यक्रममा मन्त्री दाहालले नेपालमा विद्युतीय सवारीको बारेमा सुरु हुने अनुसन्धानको शुभारम्भ पनि गर्नु भयो।

सम्बन्धित खबर