२०८२ साउन १८, आइतवार , ०२:२१:५५ बजे

Sajhamanch
'

मनाङका पशुपालक किसानलाई ३१ लाखभन्दा बढी राहत

आइतवार, साउन १८, २०८२

मनाङ । वन्यजन्तुको आक्रमणबाट क्षति भएका मनाङका ४३ पशुपालक किसानलाई ३१ लाख ४९ हजार रुपैयाँभन्दा बढी राहत वितरण गरिएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत वर्ष २०८१/८२ मा हिउँ चितुवा, चितुवा र कालो भालुको आक्रमणबाट याकचौँरी, भेडाच्याङ्ग्रा, खसीबाख्रा, गाईगोरु, घोडालगायत पशु मरेपछि राहत प्रदान गरिएको हो ।

भ्राकाकी मनकुमारी विकलाई सबैभन्दा बढी तीन लाख ३५ हजार र सुरेश थकालीलाई दुई लाख ३० हजार राहत दिइएको छ । कालो भालुको आक्रमणबाट घाइते भएका ताचेका शम्भु घलेलाई ९७ हजार राहत दिइएको छ ।

एक्यापका अनुसार यो वर्ष ८७ पशुधन मरेका छन्, जसमा ५८ याकचौँरी छन् । पानीको मुहान भएका क्षेत्रमा घाँसेमैदान (खर्क)हरू वन क्षेत्रमा सर्दै जाँदा आक्रमणको जोखिम बढेको र खुला चरन प्रणालीले पनि जोखिम बढाएको अधिकारीहरूको भनाइ छ । राहत व्यवस्थाले पशुपालक किसानलाई केही राहत मिलेको याकचौँरी कृषक महासङ्घ गण्डकीका अध्यक्ष सुरेश थकालीले बताउनुभयो ।

सम्बन्धित खबर