२०८२ साउन १८, आइतवार , १०:१५:०० बजे

Sajhamanch
'

बस्ती माथिबाट पहिरो खसेपछि भोजपुरको पाँचधारे बजार जोखिममा

आइतवार, साउन १८, २०८२

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा रहेको पाँचधारे बजार पहिरोको जोखिममा परेको छ । बस्तीमाथिको डाँडामा जमिन चर्किएर पहिरो जान थालेपछि बजार जोखिममा परेको हो ।

पाँचधारे बजारको माथिल्लो भागमा जमिन चिरा परेर पहिरो जान थालेपछि बजार जोखिममा रहेको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिनुभयो ।

बजारमाथिको डाँडामा ढुङ्गा उत्खनन गरिँदा बस्तीलाई असर परेको उहाँको भनाइ छ । ठूलो पानी परे बजार क्षेत्रका आठवटा घर जोखिम पर्ने वडाध्यक्ष माङ्गपाहाङ्गले बताउनुभयो ।

विपद् तथा सम्भावित क्षतिको विषयमा प्रहरी मुचुल्कासहित सम्बन्धित निकायमा पठाएको भए पनि कुनै सुनुवाइ नभएको उहाँको गुनासो छ । समयमै पहिरो रोकथाम नगरिएमा ठूलो क्षति हुने अवस्था रहेको उहाँले बताउनुभयो ।

सम्बन्धित खबर