२०८२ साउन १७, शनिवार , ०२:१८:१० बजे

Sajhamanch
'

सर्पदंश न्यूनीकरण सम्बन्धी दमकमा सचेतनामुलक कार्यक्रम

शनिवार, साउन १७, २०८२

दमक । झापाको दमकमा सर्पदंश रोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ ।

रोटरी क्लव अफ काठमाडौं मिडटाउन र नेपाल रेडक्रस सोसाइटीको आयोजना तथा रोटरी क्लव अफ दमक र रोट्र्याक दमकको संयोजन र सहयोगमा दमकस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

वर्षादको समयमा सर्पदंशका घटनाहरु धेरै हुने भएका कारण वर्षेनी हजारौको संख्यामा मानिसको मृत्युहुने गरेकाले त्यस्ता घटनालाई न्यूनीकरण गर्न यस्तो सचेतनामुलक कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रायः सर्पदंशका घटनाहरु गरिव तथा आर्थिक विपन्न परिवारमा हुने गर्दछन् यसबाट वर्षेनी हजारौको संख्यामा मानिसको मृत्यु हुने रोटरी नेपाल भुटान डिस्ट्रिकका प्रोजेक्ट समितिका अध्यक्ष डा. निर्मल रिजालले बताउनु भयो ।

यसलाई न्यूनीकरण गर्नका लागि रातको समयमा झुल लगाएर सुत्ने, राति हिंड्दा उज्यालो लिएर हिड्ने, लामो लौराले ठ्याकठुक पार्दै हिंड्ने, घर वरिपरी सफा राख्ने सुझाव दिइएको छ । यस्तो अवस्थामा पनि सर्पले टोकिहाल्यो भने जतिसक्दो चाँडो नजिकको सर्पदंश उपचार केन्द्रमा पुग्न सकियो भने मृत्युको घटनालाई न्यूनीकरण गर्न सकिने डा. रिजालले बताउनु भयो ।

कार्यक्रममा रोटरी क्लव अफ काठमाडौं मिडटाउन सदस्य ईजावेल खड्का, कल्पना पराजुली तथा नेपाल रेडक्रस सोसाइटी उपशाखाका सभापति प्रकाश बुढाथोकी लगायत चिकित्सक, पत्रकार, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

सम्बन्धित खबर