२०८२ साउन १६, शुक्रवार , ०७:३७:२४ बजे

Sajhamanch
'

बागमती प्रदेशका मुख्यमन्त्री लामालाई पदत्याग गर्न आग्रह

शुक्रवार, साउन १६, २०८२

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्नुभएको छ ।

केही दिनअघि संसदीय दलको नेतामा निर्वाचित हुनुभएका बानियाँले आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री लामालाई हठ त्यागेर मार्गप्रशस्त गर्न आग्रह गर्नुभएको हो ।

लामाले संसदीय दलको नेताबाट विश्वास गुमाइसक्नु भएकाले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुभपर्ने बानियाँले बताउनुभयो । साथै उहाँले आफू र मुख्यमन्त्री लामाबीच मनमुटाव नरहेको स्पष्ट पार्नुभयो ।

सम्बन्धित खबर