२०८२ साउन १६, शुक्रवार , ०२:०१:५३ बजे

Sajhamanch
'

कोदो दिवसको शुभकामना दिँदै प्रधानमन्त्रीको आव्हान- उत्पादन बढाऔँ, उपभोग गरौँ

शुक्रवार, साउन १६, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोदो दिवसको शुभकामना दिँदै उत्पादन बढाउन र कोदोका परिकारहरू उपभोग गर्न आव्हान गर्नुभएको छ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र नभई यसको पोषणीय महत्त्व समेत रहेको बताउनु भएको हो।

प्रधानमन्त्री ओलीले सामाजिक मार्फत शुभकामना दिनुहुँदै भन्नुभएको छ, ‘कोदो उत्पादन बढाऔँ, कोदोका परिकारहरू उपभोग गरौँ !’

प्रधानमन्त्री ओलीले कोदो परम्परागत खाद्यान्न बाली मात्र होइन, यसको पोषणीय महत्त्व पनि रहेको बताउनु भएको छ।

प्रधानमन्त्री ओलीले सिँचाइ बिना नै उत्पादन हुन सक्ने यस्तो गुणकारी खाद्यान्नलाई प्रवर्द्धन गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको जानकारी गराउनु भएको छ।

‘ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, यसमा हुने फाइबरले हृदय स्वास्थ्य मजबुत बनाउन मद्दत गर्छ’, प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘सिँचाइ बिना नै उत्पादन हुन सक्ने यस्तो गुणकारी खाद्यान्नलाई प्रवर्द्धन गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको छ।’

२०८२ असार २३ गते मन्त्रिपरिषद् बैठकले प्रत्येक वर्षको साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने निर्णय गरेको थियो ।

सम्बन्धित खबर