२०८२ साउन १६, शुक्रवार , ०२:०२:२१ बजे

Sajhamanch
'

नेपाल–चीन सम्बन्ध ७०औं वर्षमा प्रवेश

शुक्रवार, साउन १६, २०८२

काठमाडौं । आजदेखि नेपाल–चीन कूटनीतिक सम्बन्ध ७०औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेर कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव मनाइँदै छ ।

अनौपचारिक रूपमा तिब्बतका राजा स्रोङ्चन गम्पोसँग राजकुमारी भृकुटीको विवाहपछि प्रारम्भ भएको ऐतिहासिक सम्बन्ध आधुनिक युगमा अझ झाङ्गिदै गएको छ ।

सन् १९४९ मा स्थापना भएको चीनसँग आजकै दिन अर्थात् १ अगस्ट १९५५ मा कूटनीतिक सम्बन्ध कायम भएको हो ।

शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सहयोग, भौगोलिक अखण्डता, सम्प्रभूताको सम्मान र अहस्तक्षेपलगायत पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्धलाई दुवै देशले उच्च प्राथमिकता दिएका तथा यसलाई अझ सुदृढ तुल्याउन दुवै देशका शीर्ष नेतृत्व क्रियाशील रहेका चीनका लागि नेपालका पूर्वराजदूत राजेश्वर आचार्यले बताउनुभयो ।

राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्य चीनले विश्व राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्दै आएको, विधिमा आधारित प्रभावकारी विश्व शासन प्रणाली, अन्तर्राष्ट्रिय शान्ति सुरक्षा, साझा भविष्य निर्माणका निम्ति सहकार्य र साझेदारीमा जोड दिइएको छ ।

चीनले हासिल गरेको विकासबाट अधिकभन्दा अधिक लाभ लिएर देशलाई समृद्धिको दिशातर्फ अग्रसर गराउनुपर्ने पूर्वराजदूत आचार्यको सुझाव छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि चीनका राजदूत छन सङ आज साँझ स्वागत समारोहमा सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

शुक्रवार, साउन १६, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर