२०८२ साउन १६, शुक्रवार , ११:०५:२३ बजे

Sajhamanch
'

एनपीएलबाट क्यानलाई साढे २ करोड रुपैयाँ नाफा

शुक्रवार, साउन १६, २०८२

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको आय–व्यय विवरण सार्वजनिक गरेको छ ।

मूलपानीमा हिजो बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले पहिलो संस्करणमा कुल आम्दानी २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ रहेको जनाएको छ ।

प्रतियोगितामा २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ खर्च भएको छ । आय–व्ययपछि ७ करोड ५३ लाख ९१ हजार २५९ रुपैयाँ नाफा देखिएको छ ।

त्यसमा ८ फ्रेञ्चाइज टोलीहरूलाई ५० प्रतिशत राजस्व बाँडफाँड गरिएको छ । त्यो रकम ४ करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ छ ।

बाँडफाँडपछि क्यानको नाफा २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ रहेको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो ।

सम्बन्धित खबर