२०८२ साउन १४, बुधवार , ०२:०८:१४ बजे

Sajhamanch
'

असार २४ गते ठूलो क्षति भएको रसुवामा गएरातिको बाढीले थप क्षति

बुधवार, साउन १४, २०८२

काठमाडौं । रसुवाको भोटेकोशी गाउँपालिका–२ मा गएराति आएको आकस्मिक बाढीले थप क्षति पुर्‍याएको छ । बाढीमा मानवीय क्षति नभएको तर थप भौतिक क्षति भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाढीले रसुवागढी–स्याफ्रुबेशी सडक फेरि अवरुद्ध भएको छ । यस्तै रसुवागढी भन्सारको यार्ड, रसुवागढी र त्रिशूली–थ्री ‘ए’ जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

बाढीले टिमुरे र रसुवागढीको बीचमा पर्ने नेपाली सेनाको क्याम्प धरापमा परेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै स्याफ्रुबेशीमा ४ वटा टहरा र विभिन्न पुलमा क्षति भएको छ । थप क्षतिबारे विवरण सङ्कलनको काम भइरहेको छ ।