
काठमाडौं । बागमती प्रदेशमा तीन जना मन्त्रीको शपथ ग्रहण एमालेको सुझावपछि रोकिएको छ । सत्ता साझेदार नेकपा (एमाले) ले प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामालाई दलको नेताको टुङ्गो नलागेसम्म मन्त्री नियुक्त नगर्न आग्रह गरेपछि मन्त्री नियुक्तिको प्रक्रिया अघि नबढेको हो ।
यसअघि आज बिहान १० बजेका लागि तीन जना मन्त्रीको शपथ ग्रहणको समय तोकिएको थियो । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले अहिलेको संवेदनशील परिस्थितिमा मन्त्री नियुक्ति विवादास्पद हुन सक्ने भन्दै सतर्कता अपनाउन सुझाव दिएको जानकारी दिनुभयो ।